Thursday, May 14, 2026
Home जीवनशैली लकडाउनको समयमा किन अमेरिका उडे सरोज खनाल ?

लकडाउनको समयमा किन अमेरिका उडे सरोज खनाल ?

अहिले विश्वभर कोरोनाको त्रास छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिन्छ । अमेरिका अहिले सबैभन्दा खतरामा रहेको देश कहलिन्छ ।

यस्तैमा, अमेरिकाले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । नेपालमा रहेका अमेरिकी नागरिकलाई पनि अमेरिकाले स्वदेश फर्काएको छ । त्यहीँ समुहमा अभिनेता सरोज खनाल पनि अमेरिका उडेका छन् ।

अभिनेता खनालको परिवार अमेरिकामा नै छन् । सरोज आफैँमा अमेरिकाका नागरिकताधारी नागरिक हुन् । त्यसैले उनी आफ्नो परिवार भेट्नको लागि अमेरिकाले चार्टर गरेको विमान चडेर उनी अमेरिका उडेका छन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।

सरोज केही समय अगाडि देखि नै अमेरिका जाने तयारीमा थिए । अमेरिकामा नै रहेकी नातिनीको पास्नीको लागि उनी अमेरिका जाने तयारी गरिरहेका थिए । त्यहीँ समय लकडाउन भएपछि उनी नेपालमा नै रोकिएका थिए ।

लामो समय अमेरिका बसेर नेपाल फर्किएका सरोज नेपाली चलचित्रमा सकृय रुपमा काम गरिरहेका छन् । चलचित्रकर्मसँगै उनले व्यावसाय पनि सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments