Friday, May 15, 2026
Home समाचार नेपालका लागि खुले चीनका बन्दरगाह

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार पुस १६ गते (नयाँ वर्ष २०२०) देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह अब नेपालले प्रयोग गर्न पाउने छ । नेपाल र चीनबीच रसुवाको केरुङ्ग, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका भएर ब्यापार गर्न सक्ने समझदारी भएको थियो । तर, बन्दरगाहसम्मको पहुँच भने तत्कालका लागि हाल चल्तीको रसुवाको केरुङ्ग नाकाबाट मात्रै हुनेछ ।

गत आर्थिक वर्ष नेपालले भारत र चीनसँग मात्रै ११ खर्ब ८६ अर्बभन्दा धेरैको व्यापार गरेको थियो । नेपालको कुल व्यापार १४ खर्ब १८ अर्ब ५३ करोडमध्ये भारतसँग मात्र ९ खर्ब ७९ अर्बभन्दा धेरैको भयो भने चीनसँग २ खर्ब ७ अर्ब ६१ करोडको व्यापार भयो । बाँकी २ खर्ब ३२ अर्बको भन्दा धेरैको व्यापार भने तेस्रो मुलुकसँग भएको भन्सार विभागले जनाएको छ । नेपालले चीनका चार समुन्द्री बन्दरगाहबाट व्यापार अनुमति पाएसँगै झण्डै ४ खर्बको (चीनसँग २ खर्बभन्दा धेरै र तेस्रो मुलुकसँग २ खर्ब ३२ अर्बभन्दा धेरै) व्यापार अब हिमाल छिचोलेर चीनीयाँ बन्दरगाहमार्फत गर्न बाटो खुलेको छ ।

बन्दरगाहको दूरी

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म नेपालले अनुमति पाएका समुन्द्री बन्दरगाहबाट रेलमार्फत ढुवानी सुबिधा उपलब्ध छ । नेपालले चीनीयाँ बन्दरगाह भएर तेस्रो देशसंग व्यापार गर्दा अनुमतिप्राप्त बन्दरगाहबाट सिगात्सेसम्म रेल सुबिधा प्रयोग गर्न सक्नेछ । सिगात्सेबाट केरुङ्ग हुंदै काठमाडौंसम्म भने सडकमार्फत कन्टेनरबाट व्यापार हुने छ ।

सडकमार्फत सिगात्सेबाट काठमाडौँ आईपुग्न ७३४ किलोमिटर यात्रा गर्नु पर्ने छ । काठमाडौंबाट केरुङ्गसम्मको दुरी १ सय ८७ किलोमिटर छ भने केरुङ्गबाट सिगात्से पुग्न ५ सय ४८ किलोमिटर यात्रा गर्नुपर्छ । यसका अलवा ती बन्दरगाह भएर नजिकको विमानस्थलबाट हवाइजहाजमा पनि नेपालले व्यापार गर्न सक्नेछ ।

नेपालले प्रयोग गर्ने बन्दरगाह

थियान्जिङः गेट वे अफ बेइजिङ नामले चिनिने यो बन्दरगाह हेवेइ प्रान्तमा पर्छ । दक्षिणपूर्वी पित सागरको बोहाई खाडीमा रहेको यो बन्दरगाह सिगात्सेबाट ३ हजार ८ सय ३८ किलोमिटर दुरीमा अवस्थित छ । त्यसमा काठमाडौँ–सिगात्से दुरी ७३४ किलोमिटर जोडिदा ४५ सय ७२ किलोमिटर हुन आउँछ । हवाई मार्गबाट ३२ सय किलोमिटर दुरीमा यो बन्दरगाह पर्छ ।

झान्जिङसः झान्जिआन खाडीको तटमा अवस्थित यो बन्दरगाह भियतानामको राजधानी हनोइबाट ४ सय ७० किलोमिटर दुरीमा पर्छ । यो बन्दरगाहसम्म पुग्न काठमाडौँबाट ४ हजार ३ किलोमिटर सडक मार्ग छिचोल्न पर्छ भने २ हजार ६ सय ४० किलोमिटर हवाई यात्रा गर्नु पर्छ ।

सेन्जेनः चीनको ग्वाण्डोङ प्रान्तमा सेन्जेन बन्दरगाह अवस्थित छ । यसलाई हङकङबाट नजिकको बन्दरगाह भनेर पनि चिनिन्छ । काठमाडौंबाट सडकमार्गको दुरी ५ हजार ४ सय १७ किलोमिटर पर्छ भने हवाइ मार्गको दुरी २ हजार ९ सय ३३ किलोमिटर रहेको छ ।

लियाङयुङ : चीनको जिआङसु प्रान्तमा यो बन्दरगाह अवस्थित छ । यो बन्दरगाह पुग्न काठमाडौंबाट सडक मार्गमार्फत ४ हजार ६ सय ९१ किलोमिटर यात्रा गर्नु पर्छ भने हवाई मार्गको दुरी ३ हजार ३ सय २ किलोमिटर मात्रै पर्छ ।

सहज रुटका लागि छलफल

चीनले नेपाललाई दिएका बन्दरगाहसम्म पुग्ने सहजताका लागि तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले सहजीकरण थालेको वाणिज्य मन्त्रालयले जनाएको छ । चिनीयाँ बन्दरगाह भएर गरिने व्यापार सहजीकरण गर्न समिति नै बनाइएको छ ।

अर्थमन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग तथा नीजि क्षेत्रको रायसहित थप छलफल उक्त समितिले गर्ने बताइएको छ । बन्दरगाह प्रयोगको बाटो भर्खरै खुलेका कारण व्यवसायीले उक्त नाका भएर बन्दरगाहसम्मको ब्यापार भने नगरेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments