Thursday, May 14, 2026
Home खेलकुद महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट गर्दै आफू इरानको पाखण्ड, झुठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन् ।

पोस्टमा उनले आफू पनि इरानमा सताइएका लाखौं इरानी महिलामध्ये एक भएको लेखेकी छन् । हाल उनी कहाँ छिन भनेर उनले सो पोस्टमा कुनै जानकारी दिएकी छैनन तर इरानी मिडियाका अनुसार यतीबेला प्रशिक्षणका क्रममा उनी नेदरल्याण्डमा हुन सक्ने बताएका छन् ।

उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट कांस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन् । उनले पोस्टमा इरानी अधिकारीहरू उनको सफलतालाई ‘प्रोपागान्डा’का लागि प्रयोग गरेको आरोप लगाएकी छन् ।

इरानमा सरकार विरोध प्रदर्शन शुरु भएको बेला किमियाको यो फैसला आएको छ । बुधबार युक्रेनी जहाजलाई इरानले भूलवशः मिसाइल आक्रमणबाट खसालेको थियो । दुई दिनसम्म इरानले यसलाई अस्वीकार गरेर लुकाएको विरोधमा इरानमा शनिबारबाट प्रदर्शन शुरु भएको छ । यसका अलावा इरान र अमेरिकाको सम्बन्ध पनि हाल चरम संकटपूर्ण अवस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments