Thursday, May 14, 2026
Home जीवनशैली अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

२४ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । सीएनएनका अनुसार आइतबार अमेरिकामा एक हजार एक सय ३७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै समग्र मृत्यु हुनेको संख्या नौ हजार छ सय ३३ पुगेको छ ।

पछिल्लो तीन दिनमा मात्र अमेरिकामा तीन हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । शुक्रबार अमेरिकामा भाइरसको कारण एक हजार एक सय ६९ जनाको मृत्यु भएको थियो भने शनिबार एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म समग्र संक्रमितको संख्या तीन लाख ३७ हजार नाघेको छ । आइतबार मात्र अमेरिकामा २५ हजार २९ नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकामा अहिलेसम्म १७ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको दुई साता अमेरिकाको लागि निकै कठिन हुने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments