Thursday, May 14, 2026
Home जीवनशैली एकैदिन वितरण भए ९० हजार सिलिण्डर ग्यास

एकैदिन वितरण भए ९० हजार सिलिण्डर ग्यास

२३ चैत, काठमाडौं । आइतबार एकैदिन ९० हजार सिलिण्डर ग्यास वितरण गरिएको छ ।

काठमाडौं उपत्याकासहित देशभर आइतबार विभिन्न ग्यास उद्योगका ९० हजार सात सय एक सिलिण्डर ग्यास वितरण भएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

निगमले ग्यासको अभाव देखिएपछि वितरणमा जोड दिँदै आएको छ । शनिबार मात्रै देशैभर २४ हजार सिलिण्डर वितरण भएको थियो ।

निगमले निश्चित वर्गका लागि घुम्ती सेवामार्फत टेकुबाट वितण गरिरहेको ग्यास पनि प्रभावकारी भएको जनाएको छ ।

ग्यास अभाव भए÷नभएबारे जानकारी लिन निगमले हटलाइन पनि सञ्चालनमा ल्याएको छ । हटलाइन ११४६ सँगै पैसा नलाग्ने नम्बर १६६०–०१–१००२८ तथा ९८५१२७३४७९, ९८५१२७३४३१ र ९८५१२७३२६९ नम्बर निगमले सञ्चालनमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments