Thursday, May 14, 2026
Home जीवनशैली अमेरिकामा बाघमा पनि देखियो कोरोना भाइरस

अमेरिकामा बाघमा पनि देखियो कोरोना भाइरस

२४ चैत, काठमाडौं । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो ।

अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।

चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ ।

यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । अहिलेसम्म जनावरबाट यो भाइरस मानिसमा सर्न सक्छ भन्ने कुनै आधार फेला परेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments