Wednesday, September 2, 2026
Home समाचार अर्थमन्त्रीमा खतिवडा रहलान् कि हट्लान् ?

अर्थमन्त्रीमा खतिवडा रहलान् कि हट्लान् ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित अर्थमन्त्री डा. युवराज खतिवडालाई यसपटक राष्ट्रिय सभाको उम्मेदवार बनाइएन । उनलाई राष्ट्रिय सभाको उम्मेदवार नबनाइएपछि उनी अर्थमन्त्रीमा रहिरहलान् वा हट्लान् भन्ने विषयकाे वहस सुरु भएकाे छ ।

अधिकांशले अर्थमन्त्री डा. खतिवडा अब हट्दैछन् भन्ने हल्ला चलाएका छन् । यसले सेयर बजारमा ठूलो प्रभाव पनि पारेको छ । तर, अर्कोतिर उनी राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नभए पनि पहिलेको प्रक्रियाबाट फेरि राष्ट्रिय सभामा आउने सम्भावना बाँकी नै छ । 

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभामा फागुनमा कार्यकाल सकिँदै छ । उनको राष्ट्रिय सभामा कार्यकाल सकिए पनि ६ महिनासम्म उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउने व्यवस्था छ । यसको अर्थ हो– आगामि बजेट पनि खतिवडाले नै प्रस्तुत गर्नेछन् । उनले नै बजेट ल्याउने भएपछि कम्तिमा पनि एक कार्यकाल उनलाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिने सोचमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको नेकपाका एक नेताले बताए । 

अर्कोतिर, राष्ट्रिय सभामा नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनलाई नै अर्थमन्त्री डा. खतिवडाको कार्यकाल सकिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी दिन सकिने चर्चा पनि नेकपाभित्र सुरु भएको छ ।

‘अर्थमन्त्रीबाट डा. खतिवडालाई बिदा गर्ने र श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने सोच पनि देखिन्छ,’ प्रधानमन्त्री ओलीनिकट ती नेताले फरकधारसँग भने, ‘तर, यो सब पनि खतिवडाको कार्यकाल सकिएपछि मात्र हुने सम्भावना हुन्छ ।’ तर, नेकपाका एक थरि नेताहरुले ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचन पछि डा. खतिवडाको कार्यकाल सकिएलगत्तै श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी दिँदा पनि अचम्म नमान्नु पर्ने बताएका छन् । 

तर, नेकपाका महासचिव विष्णु पौडेल भने अर्थमन्त्री फेरिने कुरालाई अहिले हल्लाका रुपमा मात्र लिनु पर्ने बताउँछन् । ‘उहाँ यसअघि पनि राष्ट्रपतिबाट मनोनित हुनुभएको हो, अहिले उम्मेदवार नबनाउँदैमा केही भएन,’ उनले भने, ‘उहाँ फेरि पहिलेजस्तै सांसद हुन सक्नुहुन्छ र अर्थमन्त्रीमा पनि निरन्तर उहाँ नै हुनुहुन्छ ।’ त्यसो त अर्थमन्त्री खतिवडासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सन्तुष्ट छन् । डा. खतिवडाले प्रधानमन्त्रीका विभिन्न योजना र चाहनालाई सम्बोधन गरिरहेको र प्रधानमन्त्रीसँग निकट सम्बन्ध बनाएर अगाडि बढिरहेको आशय प्रस्तुत गर्नेहरु पनि धेरै छन् । ‘अर्थतन्त्रको राम्रो ज्ञान भएकाले उनले प्रधानमन्त्री ओलीलाई सहयोग गरिरहेका छन्,’ नेकपाका एक नेताले भने, ‘त्यसैले अहिले प्रधानमन्त्री केपी शर्मा ओली उनलाई हटाउने पक्षमा पक्कै छैनन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments