Thursday, May 14, 2026
Home समाचार काेराेना राेकथामका लागि अक्षय कुमारले गरे २५ कराेड सहयाेग

काेराेना राेकथामका लागि अक्षय कुमारले गरे २५ कराेड सहयाेग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले  कोरोनाबाट पीडित भारतीयहरूको उपचार तथा रोकथामका लागि २५ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री कोषमा अभिनेता अक्षय कुमारले यति ठूलो रकम प्रदान गरेका हुन् ।

२५ करोड रुपैयाँ सहयोगको घोषणा यी अभिनेताले ट्वीटरमार्फत गरेका हुन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘यो यस्तो समय हो, यतिबेला सबैका लागि हामीले केही गर्नुपर्ने समय भएको छ ।

यो अवस्थामा म आफ्नो बचत खाताबाट २५ करोड रुपैयाँको योगदान गर्न चाहन्छु । प्रधानमन्त्री नरेन्द्र मोदीज्यू, प्रधानमन्त्री कोषमा यो सहयोग प्रदान गर्न चाहन्छु, ज्यान भए त जहान हुन्छ ।’

दक्षिण भारतीय अभिनेताहरूले पनि कोरोनाविरुद्धको संघर्षमा यतिबेला सरकारलाई आर्थिक सहयोग गरेका छन् । चर्चित फिल्म बाहुबलीका अभिनेता प्रभासले पनि कोरोना भाइरसको संक्रमणविरुद्ध सहयोगका लागि ४ करोड भारतीय रुपैयाँ भारत सरकारलाई प्रदान गरेका छन् ।

उनले प्रधानमन्त्री सुरक्षा कोषमा ३ करोड रुपैयाँ, तेलंगाना प्रदेश मुख्यमन्त्री कोषमा ५० लाख र आन्ध्र प्रदेश मुख्यमन्त्री कोषमा ५० लाख रुपैयाँ प्रदान गरेका छन् । यो रकम उनले बिहीबार प्रदान गरेका हुन् ।

तेलुगु सुपर स्टार पवन कल्यानले कोरोनाविरुद्ध स्थापित राहत कोषमा २ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । उनले केन्द्र सरकार र राज्य सरकार दुवैलाई सम्बोधन गरेर २ करोड रुपैयाँ प्रदान गरेका हुन् । यतिबेला मुलुकलाई सहयोगका आवश्यकता परेको पवनको भनाइ छ ।

अर्का सुपर स्टार अभिनेता महेशबाबुले पनि १ करोड भारतीय रुपैयाँ कारोनाविरुद्ध राज्य सरकारले स्थापना गरेको मुख्यमन्त्री कोषमा जम्मा गरेका छन् । उनले यस्तो अवस्थामा सबैलाई घरभित्र बसेर राज्यलाई सहयोग गर्न अपिल गरेका छन् ।

अर्का तेलुगु सिनेमाका सुपर स्टार चिरञ्जीवीले पनि कोरोनाविरुद्ध १ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । चिरञ्जीवीका छोरा दक्षिण भारतीय स्टार राम चरणले पनि ७० लाख भारतीय रुपैयाँ कोरोनाविरुद्धको कोषमा जम्मा गरेर सरकारलाई सहयोग गरेका छन् । यी सबै अभिनेताले संकटको यस्तो घडीमा कोरोनाविरुद्धको कोषमा सहयोग प्रदान गर्न दानी मन भएकाहरूलाई अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments