काठमाडौं । ७० वर्षीय जापानी कमेडियन केन सिमुराको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएको छ । अस्वस्थ भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए ।
२३ मार्चमा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना भाइरस पोजिटिभ देखिएको थियो । सिमुारा कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन् । उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए ।
उनले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा’ (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’ (अचम्मका काका) लगायतका चरित्र निभाएका थिए। जापानमा हालसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन् । एजेन्सी





