Friday, May 15, 2026
Home वाणिज्य प्रदेश १ का क्वारेन्टाइनमा ५९९ जना

प्रदेश १ का क्वारेन्टाइनमा ५९९ जना

२४ चैत, विराटनगर । प्रदेश १ मा रहेका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या करिब ६०० पुगेको छ । प्रदेशका २४४ स्थानमा रहेका तीन हजार ९५४ बेडका क्वारेनटाइनमा चार महिलासहित ५९९ पुरुष रहेका छन ।

सबैभन्दा बढी मोरङको टाँडीमा नेपाली सेनाले तयार पारेको क्वारेनटाइनमा १३० जना रहेका छन् । जिल्लामा तीन महिलासहित १३ जना आइसोलेसनमा छन् ।

प्रदेशभर ५२२ महिला र दुई हजार २३१ पुरुषसहित कूल दुई हजार ७५३ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् । प्रदेशमा कोरोना संक्रमणको आशंका गरिएका मध्ये ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबारसम्म १९ महिलासहित ७३ जनाको स्वाब संकलन गरी ल्याब परीक्षण गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले प्रदेश भरी कोरोनाको आश्ाकामा स्वाब परीक्षणका लागि पठाइएका मध्ये १६ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

पछिल्ला समय सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावबाट कोरोना भाइरसको आशंका गरिएका बिरामीको स्वाब परीक्षण हुँदै आएको छ । जसका कारण बिरामीको स्वाब परीक्षणमा सहजता भएको प्रवक्ता मेहताले बताए ।

प्रतिष्ठानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

नेपालका लागि खुले चीनका बन्दरगाह

काठमाण्डाै । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता हटेकाे छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा...

अकुत कमाउने ४१ मेनपावर कम्पनी र सञ्चालक सम्पत्ति शुद्धीकरणमा

काठमाण्डाै । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरू गरेकाे छ ।...

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले...

महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने फैसला

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट...

Recent Comments